समाज

निहारिकाको मुद्दामा उच्च अदालतद्वारा डिएनए टेष्टको आदेश

इकागज |
भदौ ८, २०७९ बुधबार १९:२४ बजे

फाइल तस्वीर

जनकपुरधाम । निहारिका सिंह (सोनाली ) को मुद्दामा उच्च अदालत जनकपुरधामले डीएनए टेस्टको लागि आदेश दिएको छ । उच्च अदालत जनकपुरधामका न्यायाधीशद्वय भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त ईजलासले निहारिका सिंह राजपुतको बच्चा र शिवराज श्रेष्ठको डीएनए परीक्षण गर्न आदेश दिएको हो।

उच्च अदालत जनकपुरधामको ४ नम्बर ईजलासबाट न्यायाधीशद्वय अधिकारी र थापाको संयुक्त इजलासले उच्च सरकारी वकिल कार्यालय मार्फत पीडित निहारिकाको रोहबरमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुम्लटारमा गराउन आदेश दिइएको  निहारिकाकी वकिल समेत रहेकी रिंकुकुमारी यादवले जानकारी दिएकी छिन् ।


उनले भनिन 'डएन परिक्षण सहित प्रहरी कार्यालयबाट पठाइएका दुईवटा मुद्दामा सरकारी वकिलले आदेश मागेको थियो तर आज डिएनए टेष्टको आदेश मात्र आएको छ', उनले भनिन्, 'प्रहरीबाट आएको मुद्दामा हस्ताक्षरमा आशंका रहेकोले अनुसन्धान गरिने भनी आदेश दिइएको छैन ।'

निहारिकाको तर्फबाट उच्च सरकारी वकिल कार्यालय जनकपुरधामका वैतनिक वकिल रिंकु सहित न्यायधिवक्ता यदुनाथ सर्मा, मिरा ढुंगाना, निशा रेग्मी र शान्ती काफ्लेले बहस गरेका थिए भने प्रतिवादी शिवराज श्रेष्ठको तर्फबाट वरिष्ठ अधिवक्ता श्यामकुमार मिश्रले बस गरेका थिए ।


Author

थप समाचार
x