बालेनले झोक्किँदै भनेः तपाईंको घरको नक्सा मसँग हुन्छ कि तपाईंसँग ?
काठमाडौँ - काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बिजुलीबजारस्थित अल्फाबिटा कम्प्लेसको भवनको नक्सालाई लिएर कम्प्लेक्सका सञ्चालक द्विराज शर्मासँग झोक्किएका छन् ।
अल्फाबिटा कम्प्लेक्सको अन्डरग्राउन्डमा व्यवसाय सञ्चालन गरेका घरबेटीलाई उक्त व्यवसाय गरिरहेको ठाउँ खाली गर्न आग्रह गर्दा सञ्चालक शर्माले नटेरेपछि मेयर शाह उनीसँग झोक्किएका हुन् ।
आफूलाई नगरपालिकाबाट कुनै सूचना नआएको र थाहा नभएको भन्दै अनभिज्ञता प्रकट गर्दै सञ्चालकले कम्प्लेक्सको नक्सा अहिले आफूसँग नभएको भन्दै मेयर शाहसँग हुनुपर्ने भनेपछि उनी झोक्किएका थिए ।
शाहले झोक्किँदै 'तपाईंको घरको नक्सा मसँग हुनुपर्ने कि तपाईंसँग' भन्दै कराएका थिए ।
महानगरको कर्मचारी, नगर प्रहरी र ट्राफिक प्रहरीको टोलीसहित अनुगमन गर्न निस्किएका शाहले पार्किङका लागि बनाइएको बेसमेन्टमा अन्य व्यवसाय सञ्चालन गरेको पाएपछि हटाउन त्यसलाई हटाउनसमेत निर्देशन दिएका छन् ।
एउटा प्रयोजनका लागि बनाइएको संरचना अर्को प्रयोजनमा प्रयोग भएपछि महानगरले यसअघि नै ३५ दिने सूचना निकालेको थियो । ३५ दिनसम्म पनि नहटाएपछि महानगर आफैंले संरचना हटाउन थालेको हो ।
अनुगमनका क्रममा घरबेटीहरूले नियमविपरीत पार्किङका लागि बनाइएको बेसमेन्टमा मोटो रकमको लोभमा होटल, रेस्टुरेन्ट, पब तथा पसलहरू सञ्चालन गर्न दिएको पाइएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया