समाज

तीन हजार घुससहित यातायात व्यवस्था कार्यालयका इन्जिनियर र विचौलिया पक्राउ

इकागज |
भदौ ११, २०७९ शनिबार ७:३६ बजे

सांकेतिक तस्बिर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले तीन हजार घुससहित एक इन्जिनियर र विचौलियालाई पक्राउ गरेको छ । आयोगको सुर्खेत कार्यालयबाट खटेको टोलीले यातायात व्यवस्था कार्यालय कर्णाली प्रदेश सुर्खेतमा कार्यरत मेकानिकल इन्जिनियर दिपक बम र विचौलिया नीरकबहादुर शाहीलाई पक्राउ गरेको हो ।

उनीहरूलाई रकमसहित यातायात व्यवस्था कार्यालय सुर्खेतको परिसरबाट पक्राउ गरेको अख्तियारले जनाएको छ । अख्तियारका अनुसार बममाथि सेवाग्राहीसँग विलबुक नविकरण, जाँचपास नविकरण र रुट पर्मिट नविकरण गरिदिनको लागि घुस माग गरेको भन्ने सूचनाका आधारमा पक्राउ गरेर अनुसन्धान भइरहेको छ ।



Author

थप समाचार
x