बिहानै चल्यो बनस्थलीमा पनि काठमाडौँ महानगरको डोजर
फाइल तस्बिर
काठमाडौँ- काठमाडौँ महानगरपालिकाले अनुमति बिना बनाइएका घर–टहरा भत्काउने अभियानलाई निरन्तरता दिएको छ । शनिबार बनस्थली चोकबाट ढुङ्गेधारा जानेतर्फ रहेको अनुमति बीना बनाइएका घर टहरा महानगरले भत्काउन थालिएको हो ।
स्वीकृत नलिई बनाइएको घर टहरा आज बिहानबाट भत्काउन सुरु गरिएको महानगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए । केही स्थानीयले विरोध गरे पनि डोजर लगाउन सुरु भएको महानगरले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया