समाज

गुल्मीको पनाह खोलामा डुबेर दुई बालकको मृत्यु

इकागज |
चैत ३१, २०७७ मंगलबार १६:४ बजे

बुटवल : गुल्मीको मदाने गाउँपालिका-३ सिर्सेनीमा खोलामा डुबेर दुई बालकको मृत्यु भएको छ । मदाने गाउपालिका-१ अग्लुङका पाँचवर्षे सुमन विक र प्युठान गौमुखी गाउँपालिका-५ खुँगका आठ वर्षका गोविन्द विकको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी  पुरुषोत्तमप्रसाद पाण्डेयले बताए । 

मंगलबार बिहान साढे ११ बजे स्थानीय पनाह खोलाको दहमा नुहाउने क्रममा डुबेर उनीहरूको मृत्यु भएको हो । दुवै शव पोस्टमार्टमका लागि गुल्मी अस्पताल तम्घासमा राखिएको छ। 


प्युठान गौमुखी गाउँपालिका-५ खुँगकी विष्णु विक छोरा गोविन्दसहित सोमबार माइतीघर सिर्सेनी आएकी थिइन् ।


Author

थप समाचार
x