समाज

रातिदेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

इकागज |
भदौ १५, २०७९ बुधबार ९:६ बजे

फाइल तस्बिर

चितवन - नारायणगढ–मुग्लिन सडक खण्ड छ घण्टापछि सञ्चालनमा आएको छ । सडक खण्डको भरतपुर–२९ स्थित केराबारीमा खसेको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको हो ।

गएराति साढे २ बजे खसेको पहिरो बिहान साढे ८ बजेको समयमा पन्छाएर सडक दुईतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । सडक खण्डको भरतपुर–२९ स्थित केराबारीमा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । 



Author

थप समाचार
x