बुटवल-पाल्पा सडक सन्चालन नहुँदा वैकल्पिक सडकको प्रयोग गर्न आग्रह
बुटवल - बिहीबारदेखि अवरुद्ध बुटवल-पाल्पा सडक खुलाउने प्रयास अझै सफल हुन सकेको छैन । सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल–पाल्पा सडकखण्डको हिउँदे खोलामा माथिबाट लेदोसहितको पहिरो झर्नुका साथै सडक भासिएपछि अवरुद्ध बनेको हो ।
बिहीबार साझदेखि डाइभर्सन गरी सडक खुलाउने प्रयास जारी रहे पनि रातीदेखि परेको वर्षाले काम गर्न समस्या हुँदा बाटो खुलाउन नसकिएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
बिहीबारदेखि सडक अवरुद्ध भएपछि गुल्मीबाट आउने सवारीका साधनहरूलाई अर्घाखाँचीका विभिन्न सडक हुँदै गन्तव्यमा जान भनिएको छ भने स्याङ्जा पोखराबाट आएका सवारीहरूलाई मुग्लिन नारायणगढको सडकहुँदै जानका लागि आग्रह गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
सडक खुलाउनका लागि शुक्रबार आज बिहानैदेखि प्रयास भइरहेको डिभिजन सडक कार्यालय पाल्पाका प्रमुख महेश्वर लम्सालले बताए । सडक सन्चालन नहुँदासम्म अन्य वैकल्पिक सडकहरूको प्रयोग गर्न उनको आग्रह छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया