समाज

नयाँ वर्षको छुट्टी मनाउन स्वर्गद्वारी जाँदै गरेको जीप दुर्घटना, ४ को मृत्‍यु

इकागज |
बैशाख १, २०७८ बुधबार १३:५६ बजे

बुटवल : नयाँ वर्षको छुट्टी मनाउन गुल्मीबाट प्युठानको स्वर्गद्वारी जाँदै गरेको कर्मचारी सवार जीप दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारीहरू सवार लु १ ज १६५५ नम्बरको सार्वजानिक सवारी प्युठानको रुमाले भन्ने स्थानमा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परी दुई जनाको घटना स्थलमै मृत्यु भएको छ भने २ जनाको उपचारको क्रममा मृत्‍यु भएको छ । दुर्घटनामा कम्तीमा १२ जना घाइते भएका छन् । घाइतेहरूलाई भिंग्रीस्थित स्वास्थ्य चौकीमा पठाइएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक देवी प्रसाद गैरेले बताए । अन्य केहीको अबस्था पनि गम्भीर रहेको उनले बताए ।
 



Author

थप समाचार
x