भारतीय सेनाध्यक्ष पाँडे आज नेपाल आउँदै, को-कसलाई भेट्दैछन् ?
फाइल तस्बिर
काठमाडौँ- आज भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पाँडे नेपाल आउँदै छन् । प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा उनी आज अपरान्ह नेपाल आउन लागेका हुन् ।
पाँच दिने नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्ने कार्यक्रम छ ।
उनले प्रधानसेनापति शर्मासँग भेटघाट एवं छलफल गरेपछि भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई सहयोगस्वरूप प्रदान गरिने विविध सामग्रीको हस्तान्तरण गर्ने कार्यक्रम छ । राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई एक विशेष समारोहबीच नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ । नेपाली सेना र भारतीय सेनाबीच यस्तो परम्परा रही आएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया