समाज

प्रहरी हिरासतबाट गुरुङ भन्‍छन्- मन्त्री भन्ने थाहा थिएन, थाहा भए पनि डिउटी त गर्नैपर्‍यो

इकागज |
भदौ २०, २०७९ सोमबार १२:५१ बजे

काठमाडौँ- क्यानडाको भिसा प्रोसेसका लागि छायाँ सेन्टर पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्‍न लगाएपछि पक्राउ परेका शेरजंग गुरुङले आफ्‍नो ड्‍युटी निभाएको बताएका छन् । गुरुङले आफूले कुनै गल्ती नगरेको बताएका छन् ।

‘गुरुङको छोरो आवाज अलि ठूलो भयो होला, तर मैले कुनै दुर्व्यवहार गरेको छैन' गुरुङको भनाइ उदृत गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भने 'मन्त्री भन्ने मलाई थाहा पनि भएन । थाहा भए पनि डिउटी त गर्नैपर्‍यो ।’


आइतबार क्यानडाको भिसा प्रोसेसका लागि छायाँ सेन्टर पुगेका मन्त्री श्रेष्ठ र उनका सुरक्षाकर्मीलाई सेक्युरिटी गार्ड गुरुङले लाइनमा बस्न भन्दै रोकेका थिए । तर, मन्त्री श्रेष्ठले शक्तिको दुरुपयोग गर्दै साँझ नै गुरुङलाई पक्राउ गर्न लगाई हिरासतमा राख्न लगाएका छन् ।


Author

थप समाचार
x