समाज

पर्यटनमन्त्रीले थुनाएका शेरजंग गुरूङलाई रिहा गर्न गृहमन्त्रीको निर्देशन

इकागज |
भदौ २०, २०७९ सोमबार १७:१५ बजे

काठमाडौँ- पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई दुर्व्यवहार गरेको आरोपमा हिरासतमा पुगेका भिएसएफका सुरक्षागार्ड शेरजंग गुरूङलाई हिरासतमुक्त गर्न गृहमन्त्रीले निर्देशन दिएका छन् ।

गृहमन्त्री खाणले सोमबार काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाललाई प्रक्रिया पुर्‍याएर गुरूङलाई रिहा गर्न निर्देशन दिएको गृहमन्त्रीका प्रेस संयोगक मधुसुदन भट्टराईले बताए । 


क्यानडाको भिसा प्रोसेसिङका लागि हिजो ठमेलस्थित छायाँसेन्टरमा पुगेका मन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्न भन्दा उल्टै उनीमाथि दुर्व्यवहारको आरोप लागेको थियो ।      


Author

थप समाचार
x