समाज

पर्यटनमन्त्रीले थुनाएका शेरजंग गुरूङ छुटे

इकागज |
भदौ २०, २०७९ सोमबार १९:३० बजे

काठमाडौँ- संस्कृति पर्यटन तथा नागरिक उड्डययनमन्त्री जीवनराम श्रेष्ठले थुनाएका गरुड सेक्युरिटिजका सुरक्षा गार्ड शेरजंग गुरुङ रिहा भएका छन् ।

पर्यटनमन्त्रीलाई दुर्व्यवहार गरेको आरोपमा हिरासतमा पुगेका गुरूङलाई हिरासतमुक्त गर्न गृहमन्त्रीले आजै निर्देशन दिएका थिए । गृहमन्त्री खाणले सोमबार काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाललाई प्रक्रिया पुर्‍याएर गुरूङलाई रिहा गर्न निर्देशन दिएको थिए ।


क्यानडाको भिसा प्रोसेसिङका लागि हिजो ठमेलस्थित छायाँसेन्टरमा पुगेका मन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्न भन्दा उल्टै उनीमाथि दुर्व्यवहारको आरोप लागेको थियो ।


Author

थप समाचार
x