समाज

कञ्चनपुरमा सर्पको टोकाइबाट एक जनाको मृत्यु

इकागज |
भदौ २१, २०७९ मंगलबार ८:२९ बजे

कैलाली - कञ्चनपुरमा सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ । बेदकोट नगरपालिका–१० दैजीकी १८ वर्षीया पुष्पा दमाईको सोमबार सर्पले टोक्दा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार पुष्पा घरमै सुतेको बेला बेहोस अवस्थामा फेला परेपछि आफन्तले उपचारका लागि महाकाली अस्पताल महेन्द्रनगर पुर्‍याइए पनि उनको बाटोमानै मृत्यु भएको चिकित्सकले जानकारी दिए ।


मृतककी आमा ४८ वर्षीया मञ्जु देवी दमाईलाई समेत यही भदौ १८ गते बिहान सुतिरहेको बेला घाँटीमा सर्पले डसेको थियो। उनको महाकाली अस्पतालमा सघन कक्षमा उपचार भैरहेको प्रहरी नायब उपरीक्षक शाहले बताए ।


Author

थप समाचार
x