समाज

२० लाखमा बन्याे धर्मस्थली प्रवेशद्वार

इकागज |
भदौ २१, २०७९ मंगलबार १७:२९ बजे

काठमाडौँ- धर्मस्थली बजारको प्रवेशद्वार गेट उद्घाटन गरिएको छ । काठमाडौँको तारकेश्वर नगरपालिका ६ मा २० लाख रुपैयाँ लागतमा निर्मित नगरपालिका प्रमुख कृष्णहरि महर्जनले उद्घाटन गरेका हुन् ।

प्रवेशद्वारले समग्र धर्मस्थली बजारको पहिचान हुने नगरप्रमुख श्रेष्ठले बताएका छन् । मुख्य द्वार भएकाले पनि यहाँबाट ओहोरदोहोर गर्नेले यहाँको परिचय दिन सक्ने उनले बताए ।


धर्मस्थली प्रवेशद्वार कमिटीको अध्यक्ष सानुबाबु बिंदुकार, पूर्व नगरप्रमुख रामेश्वर बोहरा, उपमेयर सृजना बुर्लाकोटी र  वडा नं-६ धर्मस्थली वडाध्यक्ष घनश्याम श्रेष्ठको उपस्थिति थियो ।

विभिन्न राजनीतिक दलका प्रतिनिधि, अनुगमन समितिका प्रतिनिधि ,समाजसेवी,बुद्धिजीवि तथा वडाबासीहरूको उपस्थिति समेत थियो ।


Author

थप समाचार
x