नक्सा पास नगरी घर बनाएकालाई महागरको तीन महिने मौका
काठमाडौँ- काठमाडौँ महानगरपालिकाले तीन महिनाभित्रमा नक्सा पास नगरी बनाइएका भवनको स्वीकृत लिन अनुरोध गरेको छ । महानगर क्षेत्रभित्र सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकृतिको भवनको नक्सा पास नगरी भवन बनाइएको ९० दिन भित्रमा नक्सा स्वीकृत गरी नियमित गर्न व्यक्ति, संघसंस्था, संस्थान वा सरकारी कार्यालयलाई आव्हान गरेको छ ।
'तोकिएको समयमा नक्सा पेस नगरेमा त्यस्ता भवनको विवरण संकलन गरी स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र प्रचलित भवन निर्माण सम्बन्धी मापदण्ड, संहिता, कार्यविधि र कार्यालयको निर्णय बमोजिम कार्बाही प्रक्रिया अगाडि बढाइनेछ,' महानगरले जारी गरेको सूचनामा लेखिएको छ ।
नगर सभाको ११ औँ अधिवेशनबाट आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ,' प्रचलित भवन निर्माण सम्बन्धि मापदण्ड अनुरुप निर्माण भएका तर नक्सा पास नगरिएका भवनहरूलाई एक वर्ष भित्रमा नक्सा पास गरी नियमित हुन आह्वान गरिनेछ ।'
नीतिमा उल्लेख भएको व्यवस्थाअनुसार महानगरले सूचना गरेको जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया