समाज

पर्वत, म्याग्दी क्षेत्रमा दिउँसै अँध्यारो

इकागज |
बैशाख २, २०७८ बिहीबार १६:५९ बजे

काठमाडौँ  : गण्डकी प्रदेशका पर्वत, म्याग्दीलगायतका जिल्लामा दिउँसै अँध्यारो भएको छ । दिउँसो ४ बजे आसपासदेखि एक्कासी अँध्यारो भएको म्याग्दीको बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए । ‘पुरैँ अँध्यारो जस्तो भयो,’ उनले भने, ‘दिउँसै लाइट नै बालेर हिँड्नु पर्ने भयो ।’ 

म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले करिब आधा घण्टा अँध्यारो भएको बताए । ‘४ बजेदेखि आधा घण्टा त पुरै अँध्यारो नै भयो । अहिले सिमसिम पानी परिरहेको छ । त्यसपछि केही खुल्न थालेको छ । अहिले पनि सूर्य ग्रहण लागेको जस्तो अँध्यारो चाहिँ भइरहेको छ ।’ प्रजिअ अधिकारीले मौसममा आएको खराबीको कारण यस्तो भएको हुनसक्ने बताए । 



Author

थप समाचार
x