पूर्वप्रहरी तथा यसअघिका म्यादी प्रहरीलाई प्राथमिकता दिइने
एक लाख १५ हजार म्यादी प्रहरीका लागि दर्खास्त आह्वान
फाइल तस्बिर
काठमाडौँ - संघीय निर्वाचनका लागि सरकारले एक लाख १५ हजार म्यादी प्रहरीका लागि भर्ना खुलाएको छ। प्रहरी प्रधान कार्यालयले आइतबार भर्नाका लागि विज्ञापन खुलाएको हो।
नेपाली नागरिकले भदौ ३० गतेदेखि असोज ६ गतेसम्म आवेदन दिन सकिने विज्ञापनमा उल्लेख छ । सार्वजनिक िबदाको दिनसमेत आवेदन दिन सकिने सूचनामा उल्लेख छ । म्यादी प्रहरीको कार्यावधि ४० दिनको हुनेछ ।
यसअघि, वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा सरकारले १ लाख म्यादी प्रहरी भर्ना गरेको थियो । मतदान स्थल र केन्द्र बढ्ने हुनाले स्थानीय तहको निर्वाचनमा भन्दा म्यादी प्रहरीको संख्या बढाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
तालिम प्रदान गर्न सहज र खर्च व्यवस्थापन कम गर्न पूर्व प्रहरी तथा यसअघि खटिएका म्यादी प्रहरीलाई निर्वाचनमा खटाउने गरी प्रहरी प्रधान कार्यालयले कार्ययोजना तयार पारेको छ ।
सहज तालिम प्रदान गर्न र खर्च व्यवस्थापन कम हुनाले केही समयअगाडि खटिएका म्यादी प्रहरीलाई प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा खटाउने तयारी गरिएको राईले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया