महावीर पुनलाई १ करोड धनराशिको ‘भवन कीर्ति रत्न’ पुरस्कार प्रदान
काठमाडौँ- राष्ट्रिय आविष्कार केन्द्रलाई १ करोड रुपैयाँ धनराशिको 'भवन कीर्ति रत्न' पुरस्कार प्रदान गरिएको छ ।
गैर आवासीय नेपाली संघ र बीबी फाउण्डेशनद्वारा मंगलबार काठमाडौँमा आयोजित कार्यक्रमका बीच महावीर पुनलाई उक्त पुरस्कार प्रदान गरिएको हो । शिक्षा मन्त्री देवेन्द्र पौडेललगायतले पुनलाई उक्त पुरस्कार हस्तान्तरण गरे । कार्यक्रममा मन्त्री पौडेलले नेपालमा अनुसन्धानका काममा कसैलाई चासो भएको नपाइएको बताए ।
आविस्कार र अनुसन्धानमा महावीर पुनले खेलको भूमिकालाई सबैले सकारात्मक रूपमा लिएको उनले बताए । मन्त्री पौडेलले असोज १ गते सरकारले विज्ञान दिवस पनि मनाउन लागेको जानकारी दिए । नेपालमा नाष्ट भन्ने संस्था रहेको र दिनहुँ छलफल हुने गरेपनि अनुसन्धानको क्षेत्रमा चासो देखिएको उनले बताउ ।
पुरस्कार ग्रहण गर्दै पुनले उनले आविष्कार केन्द्रको शुभारम्भ मात्रै आफूले गर्न खोजेको भन्दै नेपालमा धेरै आविष्कार क्षेत्र विकास गर्नुपर्ने धारणा राखे । नेपाल गरिब भएकै कारण युवाहरू विदेशिन बाध्य भएको र उद्योगी व्यवसायीहरूले नै रोजगारीको सिर्जना गर्नुपर्ने उनले बताए ।
उनले नेपालका आफ्नो आविष्कार केन्द्रबाट तीव्रतर रूपमा काम हुन सके अरु देशको दाँजोमा कहिल्यै पछि नपर्ने धारणा राखे । ‘भवन कीर्ति रत्न’ पुरस्कार हरेक दुई–दुई वर्षमा प्रदान गरिने आयोजकले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया