जापान उडेको जहाजमा धुवाँ देखिएपछि आधा घण्टामै काठमाडौँ फर्कियो
फाइल तस्बिर
काठमाडौँ - जापानका लागि उडेको नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट धुवाँ निस्कएपछि काठमाडौं फर्किएको छ । गएराति काठमाडौँबाट जापानको नारिता उडेको जहाजमा धुँवा देखिएपछि आधा घण्टामै काठमाडौँ फर्किएर सुरक्षित अवतरण गरेको हो ।
विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका गएराति ११ बजे उडेको आरए ४३३ उडान नम्बरको जहाज आधा घण्टामै काठमाडौं फर्किएको हो । प्राविधिक जाँचपछि आज बिहान ९ बजे पुनः उडानको तयारी भइरहेको उनले बताए । जहाजमा १८४ यात्रु थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया