समाज

आज पनि काठमाडौँका यी सडक प्रभावित हुने

इकागज |
भदौ २९, २०७९ बुधबार ९:३४ बजे

फाइल तस्बिर

काठमाडौँ- चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) स्थायी समिति जनकंग्रेस अध्यक्ष ली चान्शुको सवारीको कारण आज राजधानी काठमाडौँ उपत्यकाका विभिन्न सडक प्रभावित हुनेछन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार बिहान ९ बजेदेखि उपत्यकाका विभिन्न सडक प्रभावित हुनेछन् ।

चान्शु नेतृत्वको टोलीले भक्तपुर दरबार अवलोकनको कार्यक्रम रहेको छ । त्यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीलाई अपरान्ह साढे ३ बजे भेट्ने कार्यक्रम रहेको छ ।


आज बिहान ९ बजे आसपासको समयमा रविभवन, सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, त्रिपुरेश्वर, थापाथली,  माईतीघर, नयाँ बानेश्वर, कोटेश्वर, जडिबुटी, लोकन्थली, कौशलटार, गठ्ठाघर, नयाँ ठिमी, राधे राधे, सल्लाघारी, सैनिक आवासीय महाविघालय, जिल्ला अस्पताल, क्यान्सर अस्पताल, कालोपाटी, व्यासी, सिडिओ कार्यालयदेखि भक्तपुर दरवार स्क्वायर आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित हुनेछ । 

त्यस्तै अपरान्ह साढे ३ बजेको आसपासमा सोल्टी होटल, कालिमाटी, टेकु, त्रिपुरेश्वर, नागस्थान, गोश्वारा हुलाक, महांकाल, भोटाहिटी, जमल, केशरमहल, लैनचौर, सांग्रिला होटेल, पानीपोखरी र शीलत निवास सम्मको सवारी आवागमन  प्रभावित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

सरकारले चान्शुलाई भिभिआइपी पाहुनाको सम्मान दिएकाले सवारीमा प्रहरीले कडा सुरक्षा दिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । भिभिआइपीको सुरक्षा दिँदा उनको सवारी समयमा बाटो खाली गरिन्छ ।  तिब्बती शरणार्थीको थ्रेट हुनसक्ने भन्दै प्रहरीले कडा सुरक्षा दिइरहेको छ ।


Author

थप समाचार
x