एक दशकअघि विभूषण बहिष्कार गरेका महजोडीले यसपालि के गर्लान ?
काठमाडौँ- संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९९८ जनालाई विभिन्न मानपदवी, अलङ्कार र पदकबाट विभूषित गर्ने घोषणा गरेकी छन्। विभूषित हुनेमा ३८ जना कलाकार पनि छन् ।
जसमध्ये वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, नीर शाह, राजेश हमाल, कलाकार नन्दकृष्ण जोशीलाई सुकीर्तिमय राष्ट्रदीप प्रदान गरिने भएको छ। यसअघि प्रदान गरेको विभूषण मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले बहिष्कार गरेका थिए । २०६७ मा प्रदान गर्ने भनेको विभूषण उनीहरूले बहिष्कार गरेका थिए ।
श्रेष्ठले यसपालि सोधेकाले पनि लिने बताएको इकागजलाई जानकारी दिए । उनले भने,' विभूषित गर्न लागेका छौँ । के गर्ने हो भन्दा हुन्छ भनेको छु । एक दशक अघि प्रदान गर्ने भनेको विभूषण काम नगरेकाले पनि बहिष्कार गर्नुपरेको थियो ।'
राष्ट्रले दिने सम्मान महत्त्वपूर्ण रहेको श्रेष्ठको भनाइ छ । विभूषको खासै महत्त्व नरहेको उनले प्रस्ट पारे ।
यस्तै, गायक तथा संगीतकार शम्भु राई चलचित्र निर्देशक प्रदीपलाल श्रेष्ठ, अशोक शर्मा, कलाकार दीपकराज गिरी, संगीतकार आलोकश्री, दीपक जंगम, गायक आनन्द कार्की , अभिनेता अर्जुन श्रेष्ठ, अभिनेता, गायिका ज्ञानु राणा, कलाकार निरुता सिंह, संगीतकार चेतन सापकोटा, अभिनेता विराज भट्ट, दयाहाङ राई र गायिका सत्यकला राईलाई सुप्रबल जनसेवाश्री प्रदान गरिने भएको हो ।
जनसेवाश्री पदकबाट लोकगायिका सुनिता दुलाल, कलाकार प्रदीप खड्का, गायक कमल सुनार, संगीतकार सन्तोष श्रेष्ठ, दीपक शर्मा, नृत्य निर्देशक शिवराम विक, चलचित्र निर्देशक रमेश कोइराला, मोडल सनम कठायत, कलाकार कुमार बस्नेत विक्रान्त, गायक कुलमान नेपाली, कलाकार मनोहर सुनाम परियार, गीतकार डिल्लिनारायण पाण्डे, गायक यसकुमार, संगीतकार सुरेशकुमार नेपाल परियार र सानुकान्छा शाही विभूषित हुने भएका छन्।
यस्तै नेपाल सेवा प्रवीण कलाकार प्रभाकर शर्मा, इन्द्रबहादुर खत्री, कृष्णबहादुर विक, गायक नवीन पौडेल, गायक र किरण गजमेरले पाउने भएका छन्।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया