समाज

'कांग्रेस नेता शाहीले फैलाएका थिए नेपाल-चीन सीमा स्तम्भ हराएको खबर'

इकागज |
कात्तिक २६, २०७७ बुधबार १२:१६ बजे

काठमाडौं : चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र ग्लोबल टाइम्सले चीनले नेपाली भूमी मिचेको समाचार पश्चिमा मिडियामा छापिनुको पछाडि नेपाली कांग्रेस रहेको गम्भीर आरोप लगाएको छ । चिनियाँ प्रोपोगाण्डा मिडियामा बुधबार प्रकाशित रिपोर्टमा उसले कांग्रेसका कर्णाली प्रदेश नेता जीवनबहादुर शाहीको नाम उद्धृत गर्दै उनैले नै पश्चिमा मिडियामा चीनले नेपाली भूमी मिचेको हल्ला चलाएको दाबी गरेको छ । ग्लोबल टाईम्सले कांग्रेसलाई भारत परस्त शक्तिका रूपमा रहेको समेत आरोप लगाएको छ ।

‘अमेरिकामा पाईलटको तालिम गरेका पूर्वमन्त्री शाहीले नै हल्ला चलाएका हुन् । उनी नेतृत्वको टोलीले हुम्लास्थित नेपाल-चीन सीमा भ्रमण गरी फर्किएपछि त्यस्तो हल्ला सुरु भएको हो,’ पिपल्स रिभ्यु नामको नेपाली अनलाईनका प्रधान सम्पादक पुष्पराज प्रधानलाई उद्धृत गर्दै टाइम्सले लेखेको छ ।


ग्लोवबल टाइम्सले नेता शाही अमेरिका र भारतका सर्मथक रहेकाले उनलाई नेपालमा पनि आलोचना गर्ने गरिएको झुटो आरोपसमेत लगाएको छ । ग्लोबल टाइम्सले योगेश्वर केटिएम म्यान नेपाल प्रहरीका पूर्व अधिकृत रहेको भन्दै उनको भनाइलाई पनि आफ्नो रिपोर्टमा समावेश गरेको छ । ‘सुरक्षाकर्मी सम्मिलत नेपाली टोलीले हुम्ला पुगेर अध्ययन गर्ने क्रममा हराएका भनिएका दुई सीमा स्तम्भ फेला परिसकेको अवस्थामा शाहीको दाबी झुट थियो भन्ने प्रमाणित भइसकेको छ । पश्चिमासँगै भारतीय मिडियामा आएका रिपोर्टहरु निराधार हुन् । पश्चिमा र भारतीय राजनीतिक शक्तिहरूले नेपाललाई चीनविरुद्ध प्रयोग गर्नमा लागिपरेका छन्,’ टाईम्ससँग नेपाल प्रहरीका पूर्व अधिकृत भनिएका योगेश्वरले भनेका छन् ।

ग्लोबल टाइम्सले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भातृ संगठन हिमाली भोटे लामा राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष भनिएका कर्चेन लामाको भनाई उद्धृत गर्दै कांग्रेस नेता शाहीले चीनसँग जोडिएका नेपाली गाउँहरूमा स्वतन्त्र तिब्बत पक्षधरलाई पनि सहयोग गरिरहेको आरोप लगाएको छ । ‘केही नेपाली मिडियाहरू भारत परस्त छन् जो सगरमाथा हिमालमाथि चीनले कब्जा गर्न खोजिरहेको जस्ता भ्रमपूर्ण खबर दिइरहेका छन् । उनीहरू नेपाल-चीन सम्बन्धमा फाटो लयाउन उद्धत छन्,’ ग्लोबल टाइम्समा लामाको भनाई छ ।

ग्लोबल टाईम्सले सीमा स्तम्भ हराएको हल्ला चलाउन पाँच वर्ष अघिदेखि नै सुरु गरिएको र त्यस्तो हल्लाको उदेश्य दुई मुलुकबीचको सम्बन्धमा फाटो ल्याउनु नै रहेको ग्लोबल टाइम्सको ठम्याई छ ।


Author

थप समाचार
x