कर्मचारीको सरुवा रोक्न निर्वाचन आयोगको निर्देशन
काठमाडौँ- निर्वाचन आयोगले कर्मचारीको सरुवा रोक्न र सरुवा भएका कर्मचारीलाई तत्काल रमाना दिन सरकारलाई निर्देशन दिएको छ । निर्वाचन आयोगको अनुमति नलिई कुनै पनि कर्मचारीको सरुवा नगर्न नगराउन र असोज ५ गतेसम्म सरुवा भइसकेको अवस्था भए तत्काल रमाना असोज ९ गतेसम्म सम्बन्धित कार्यालयमा हाजिर भइसक्ने व्यवस्था गर्न निर्देशन दिएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत नेपाल सरकार, सबै प्रदेश सरकार र सबै स्थानीय तहहरूलगायत सबै सार्वजनिक निकायहरूलाई निर्देशन दिएको आयोगले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया