समाज

बिस्केट जात्राको अन्तिम दिन लिङ्गो ढालियो

इकागज |
बैशाख ५, २०७८ आइतबार १४:२८ बजे

भक्तपुर : भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने बिस्केट जात्राको अन्तिम दिन आइतबार स्थानीय कुमाले टोलमा हात नभएको लिङ्गो ढालिएको छ । प्रत्येक वर्ष चैत मसान्तका दिन बिहान तान्त्रिक विधिअनुरूप पूजाअर्चना गरी कुमाले टोलमा उभ्याइएको लिङ्गो विधिपूर्वक रूपमा पूजाअर्चना गरेर ढालिएको हो । 

बिस्केटामा उठाइने लिङ्गो हेर्नाले शत्रु नास हुने र बैभव प्राप्त हुने जनविश्वास रहेको जानकारहरुको भनाई छ । बिस्केट जात्राभित्रको महत्वपूर्ण जात्रा लिङ्गो उठाउने जात्रा भएकाले विधिपूर्वक पूजापाठ गरी लिङ्गो ढालिएको जनाइएको छ ।


त्यस्तै भैरवनाथ र भद्रकालीको रथ तानेर सुरु भएको बिस्केट जात्रा अपराह्न भैरवनाथ र भद्रकालीकै रथ तानेर विधिपूर्वक रूपमा सम्पन्न गरिने परम्परा छ ।


Author

थप समाचार
x