गाउँ जानेको लर्को
काठमाडौँ - आइतबार फुलपातीको दिन पनि दसैँ मान्न गाउँ जानेहरूको भीड लागेको छ । काठमाडौँका विभिन्न नाकाहरूबाट दसैँ मान्न काठमाडौं उपत्यका छाड्नेहरूको भिड लागेको हो ।
खासगरी थानकोट हुँदै बस छुट्ने र कोटेश्वर हुँदै बस छुट्ने ठाउँहरूमा बिहानैदेखि यात्रुहरूको अत्याधिक भिड लागेको छ । सार्वजनिक यातायात र निजी सवारी साधनहरूको उत्तिकै मात्रामा सडकमा गुडिरहेका छन् ।
सवारी साधनभित्र यात्रुहरू भरिभराउ देखिन्छन् भने सडकमा सवारी साधनलाई कुर्नेहरूको लाइन पनि लामो देख्न सकिन्छ । धेरै सवारी साधन चलेका कारण यात्रुहरूले उपत्यका छोड्न मात्रै पनि घण्टौँ जामको समस्या भोग्नु परेको छ ।
दैनिक हजारौँको संख्यामा मानिसहरूले काठमाडौं उपत्यका छोडिरहेका छन् । अघिल्ला वर्षहरूको तुलनामा यस वर्ष उपत्यका छाड्नेहरूको संख्या बढेको छ ।
अघिल्ला वर्षहरूमा कोरोना महामारीका कारण मानिसहरूको आवत्जावत्मा समस्या भ एपनि यसवर्ष भने निर्वाध रुपमा मानिसहरू आवत्जावत् गरिरहेका छन् । यात्रुहरूले टिकट नपाउने समस्या भोग्नु परेको गुनासो गरेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया