समाज

अन्तर्राष्ट्रिय कलबाईपासमा संलग्‍न भारतीय नागरिकसहित दुई जना पक्राउ

इकागज |
बैशाख ५, २०७८ आइतबार २१:१० बजे

काठमाडौँ : अन्तर्राष्ट्रिय कल ‘बाइपास’मा संलग्न रहेको आशंकामा प्रहरीले चन्द्रागिरी नगरपालिका-२ बसण्डोलबाट २ जनालाई शुक्रबार पक्राउ गरेको छ ।प्रहरीका अनुसार, पक्राउ पर्नेहरुमा भारत पंजाब जलान्धर सन्तोकपुरा-१ ठेगाना भएका ३१ वर्षीय राना शाह र रौतहट जिल्ला रमौली बेरियाका स्यामुल खान भन्ने ३३ वर्षीय मोसलिम मियाँ अन्सारी छन् ।

अनुमति नलिई काठमाडौंमा गैह्रकानूनी रुपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास (भिओआइपी) भएको सूचनाका पक्राऊ परेका हुन् । प्रहरी केन्द्रीय अनुसन्धान व्यूरो महारागन्जबाट खटिएको प्रहरीले उनीहरुलाई चन्द्रागिरीमा कोठा भाडामा लिई अवैध अन्तर्राष्ट्रिय कल बाइपास सञ्चालन गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।


प्रहरीका अनुसार, साथै उनीहरुको कोठाबाट ६४ पोर्टको जीओआइपी गेटवए १ थान, १ थान ल्यापटप, सोको १ थान चार्जर, १ थान मोडियम, १ थान डेक्सटप स्विच, सोको १ थान एडप्टर, २ थान मोबाइल, १ थान पेन ड्राईभ, नेपाल टेलिकमको २ थान रिचार्ड कार्ड, मल्टी प्लग लगायतका विद्युतीय तारहरु, स्मार्ट टेलको २ थान सिमकार्ड होल्डर र स्मार्ट टेलको ९ थान रिचार्ड कार्ड प्रहरीले बरामद गरेको छ । उनीहरुमाथि दूरसंचार ऐन, २०५३ अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको अनुसन्धान व्यूरोले जनाएको छ ।
 


Author

थप समाचार
x