समाज

कर्णाली नदीकाे जलसतह 'खतरा'काे बिन्दुतिर

इकागज |
असोज २३, २०७९ आइतबार १५:५ बजे

कैलाली । लगातार पाँच दिनदेखिकाे अविरल वर्षाका कारण कर्णाली नदीले सचेत सतह पार गरेको छ । दिउँसो २ बजे गरिएको मापनमा कर्णाली नदीको चिसापानी क्षेत्रमा पानीको सतह १०.१५ मिटर मापन गरिएको छ ।

गेजरिडर पार्वती गुरुङले दिएको जानकारी अनुसार दिउँसो २ बजे गरिएको मापनमा कर्णाली नदीमा पानीले सचेत सतह पार गरेको थियाे । गुरुङका अनुसार १० मिटरलाई सचेत मानिन्छ भने १०.८० मिटरलाई खतराको सतह मानिन्छ । अहिले ३:०० बजे कर्णाली नदीकाे जलसतह १०:४५ मिटर पुगेको र निरन्तर बढ्दै छ !


कर्णाली नदीमा पानीको सतह बढेपछि तटीय क्षेत्रका टीकापुर नगरपालिका, राजापुर नगरपालिका, जानकी गाउँपालिका लगायतका बस्तीहरुमा उच्च सर्तकता अपनाइएको छ । अविरल वर्षा कारण कैलालीको दक्षिणी क्षेत्र कैलारी गाउपालिका र भजनी नगरपालिका विभिन्न गाउँहरु जलमग्न भएका छन् ।


Author

थप समाचार
x