समाज

महाकाली नदीले खतराको लेवल पार गरेपछि नेपाल-भारत जोड्ने पुलमा आवागमन बन्द

इकागज |
असोज २३, २०७९ आइतबार १८:३ बजे

कैलाली । लगातारको वर्षापछि आएको बाढीका कारण महाकाली नदीले खतराको लेवल पार गरेपछि महेन्द्रनगर स्थित नेपाल-भारत जोड्ने पुलमा आवागमन बन्द गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारी अनुसार आइतबार साझ ५:३० बजे महाकाली नदीको बहाव १ लाख ६३ हजार क्युसेक भन्दा माथि मापन गरिएको छ । १ लाख भन्दा बढी भए खतराको संकेत मानिने उक्त पुलमा अहिले पूर्ण रुपमा आवागमन बन्द गरिएको प्रहरीले जानकारी दिएको छ ।



Author

थप समाचार
x