समाज

कालिकोटमा मलामी गएका १५ जना सम्पर्कविहीन

इकागज |
असोज २४, २०७९ सोमबार ८:२६ बजे

काठमाडौँ- कालिकोटको तिलागुफा नगरपालिका–४ राँचुली गाउँमा मलामी गएका १५ जना सम्पर्कविहीन भएका छन्।

स्थानीय युवक हेमराज शाहीको मलामी गएका उनीहरूलाई माथिबाट पहिरोले बगाएको भन्ने स्थानीयले खबर गरेपछि प्रहरी त्यहाँ गएको र थप त्यसपछि थाहा हुने कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले इकागजलाई जानकारी दिए । 


शर्माका अनुसार अहिले प्रहरी घटनास्थल जाँदै गरेको र यसबारे थप पत्ता लाग्नेछ ।  यस्तै, राँचुली गाउँमाथिबाट आएको पहिरोले २०० घरपरिवार विस्थापित भएका छन् । उनीहरू सबै अहिले त्यहाँको कालिका माविमा बसिरहेको शर्माको भनाइ छ । 


Author

थप समाचार
x