सन्दीपलाई म्याद थपका लागि जिल्ला अदालतमा आज उपस्थित गराइँदै
काठमाडौँ- नाबालिगमाथि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई म्याद थपका लागि आज काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइँदैछ ।
दसैं बिदाका कारण अदालत बन्द रहेकाले सोमबार मात्रै म्याद थपका लागि अदालत लैजान लागिएको हो। कतारको दोहाबाट बिहीबार बिहान ११ बजे काठमाडौँस्थित अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएपछि प्रहरीले सन्दीपलाई पक्राउ गरेको थियो। सन्दीपलाई पक्राउ गरी प्रहरी वृत्त गौशालामा राखिएको छ।
राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका लामिछानेमाथि भदौ ५ गते काठमाडौंको एक होटलमा नाबालिगलाई पटक-पटक बलात्कार गरेको आरोप लागेको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया