समाज

कविताले जन्माइन् तिम्ल्याहा बच्चा

इकागज |
असोज २८, २०७९ शुक्रबार ८:५९ बजे

फाइल तस्बिर

वीरगञ्ज - पर्साकी एक गर्भवतीले तिम्ल्याहा बच्चालाई जन्म दिएकी छन् । वीरगञ्जको विर्तास्थित नारायणी सेन्टरल अस्पतालमा पर्साको कालिकामाई गाउँपालिका–९ हरियरपुरकी कविता देवीले तिम्ल्याहा बच्चालाई जन्म दिएकी हुन् । 

कविताले दुई छोरा र एक छोरीलाई जन्म दिएको अस्पतालका निर्देशक प्रा डा प्रमोदकुमार सर्राफले जानकारी दिए । उनले शल्यक्रियामार्फत बच्चा जन्माएकी हुन् । । अस्पतालका स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा प्रियङ्का चौधरीले कविताको शल्यक्रिया गरेकी थिइन् । 



Author

थप समाचार
x