समाज

आज चैते दशैँ, कर्णालीमा सार्वजनिक बिदा

इकागज |
बैशाख ७, २०७८ मंगलबार ७:४ बजे

काठमाडौँ : आज चैते दशैँ । यस वर्ष बैशाख महिनामा चैते दशैँ परेको छ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ यस वर्ष भने बैशाखमा पर्न गएको हो ।  आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी दशैँ मनाउँछन् ।

चैते दशैँमा अष्टमी र नवमीलाई विशेष रुपमा मनाउने गरिन्छ । चैते दशैँ पर्वका अवसरमा बिहानैदेखि देशभरका शक्तिपीठमा भक्तजनको भीड लाग्ने गरेकामा यस वर्ष कोभिड-१९ का कारण मठ मन्दिरमा भीड गराउन रोक लगाइएको छ ।


चैते दशैँ कर्णाली र सुदूरपश्चिममा भव्यसँग मनाउने गरिन्छ । चैते दशैँ धुमधामका साथ मनाउने भएकाले कर्णाली प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । 


Author

थप समाचार
x