समाज

मतपेटिका ढुवानीमा सकेसम्म सुरक्षा निकायको सवारीसाधन प्रयोग नगरौँः महानिरीक्षक अर्याल

इकागज |
असोज ३१, २०७९ सोमबार १७:४७ बजे

काठमाडौँ- सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले मतपेटिका ढुवानीका लागि सुरक्षा निकायको सवारी साधन प्रयोग गर्दा उपयुक्त नहुने बताएका छन् ।

मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनबारे सोमवार गृह मन्त्रालयमा आयोजित प्रमुख जिल्ला अधिकारीहरूसँगको भर्चुअल बैठकमा बोल्दै उनले यस्तो धारणा राखेका हुन् । मतदानपछि चुनावमा हार्ने पक्षले सुरक्षा निकायको सवारी साधनमा मतपत्र ल्याएको कारणले आफूहरू हार्नु परेको आरोप लाग्ने गरेको भन्दै सकेसम्म मतपेटिका ढुवानीको काममा सुरक्षा निकायको सवारीसाधन प्रयोग नगर्न सुझाव दिए ।


सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले निर्वाचनमा अत्यन्तै संवेदनशील भएर सुरक्षाकर्मीहरू परिचालन गर्नुपर्ने पनि स्पष्ट पारे । निर्वाचनमा एउटा समूहको गल्तीका कारण त्यसको पूर्ण प्रणालीमा असर पर्ने भएकाले सुरक्षाकर्मी परिचालनमा विशेष ध्यान दिन आग्रह गरे ।


Author

थप समाचार
x