Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

समाज

संघ र प्रदेशमा दर्ता गरी व्यवसाय गरिरहेकाले काठमाडौँ महानगरमा पनि दर्ता गर्नुपर्ने

इकागज |
कात्तिक २, २०७९ बुधबार ८:१९ बजे

काठमाडौँ- अबदेखि संघ र प्रदेश सरकारबाट इजाजत लिएर व्यवसाय गरिरहेकाहरूले काठमाडौँ महानगरपालिकामा व्यवसाय दर्ता गरी सञ्‍चालन गर्नुपर्ने भएको छ ।

महानगरको बबरमहलस्थित राजश्व विभागले सूचना जारी गरेर महानगर क्षेत्रभित्र व्यापार व्यवसाय सञ्चालन गर्ने कतिपय व्यवसायीहरूले संघ र प्रदेश सरकारबाट इजाजत लिएको तर महानगरबाट अनुमति नलिइएको जनाएको छ । महानगरले ३० दिनभित्र व्यवसाय महानगरमा दर्ता गर्न पनि आग्रह गरेको हो।


नजिकको वडा कार्यालयमा गई व्यवसाय दर्ता गर्न सकिने महानगरले जारी गरेको सूचनामा उल्लेख छ । अनुगमनका क्रममा महानगरमा दर्ता नगरी व्यवसाय गरेको पाइएमा कारबाही गरिने पनि महानगरले जनाएको छ। व्यवसाय बन्द गरी जरिवानासमेत असुल गर्ने चेतावनी पनि महानगरले दिएको हो ।

महानगरपालिकाको आर्थिक ऐन, २०७९ को अनुसूची-७ को बुँदा नम्बर ३ बमोजिम आर्थिक वर्ष २०७२/०७३ लाई आधार वर्षका रुपमा लिई व्यवसाय कर असुली गरिने व्यहोरासमेत सार्वजनिक रुपमा जानकारी गराइने बताइएको छ ।  


Author

थप समाचार
x