Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

समाज

सामाजिक सञ्जाल दुरूपयोग गर्नेलाई कारबाहीमा गरियोस् : उपमेयर डंगोल

इकागज |
कात्तिक ३, २०७९ बिहीबार १६:४६ बजे

काठमाडौँ- काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, भयरहित र पारदर्शी रुपमा सम्पन्न गर्न आफ्नो तर्फबाट आयोगलाई पूर्ण सहयोग रहने बताएकी छन् । उनले बिहीबार आयोगलाई एक पत्र लेखेर जानकारी गराएकी हुन् ।

‘त्यहाँ आयोगबाट भैरहेको काम कारवाहीबारे म जानकार छु र काठमाडौँ महानगरपालिकाको उपप्रमुखको हैसियतले गर्नुपर्ने आचारसंहिताको परिपालना समन्वय र सहयोगको लागि समेत संवेदनशील रहेको व्यहोरा अनुरोध गर्दछु,’ पत्रमा उनले लेखेकी छन्, ‘आयोगबाट जारी भएको निर्वाचन आचारसंहिता, २०७९ बमोजिम पालना गर्नुपर्ने आचारसंहिता र आचरणको पालना गरिरहेको छु । मंसिर ४ मा हुने निर्वाचनलाई केन्द्र बनाई अफवाह फैलाउने, गलत सूचना तथा व्यहोरा सम्प्रेषण गर्ने, आचारसंहिता विपरीत मेरो नामबाट नक्कली परिचय खडा गरी समाजिक सञ्जालको दुरुपयोग गर्ने काम भैरहेको देखिएकाले सो कार्यप्रति मेरो ध्यानाकर्षण भएको छ ।’


डंगोलले त्यस्तो कार्यप्रति गम्भीर आपत्ति रहेको भन्दै त्यस्तो कानुन विपरीत कार्य गर्ने–गराउनेको पहिचान गरी आवश्यक कारबाही गर्न आग्रह गरेकी छन् । आधिकारिक सामाजिक सञ्जालको ब्यहोरासमेत उनले पत्रमा उल्लेख गरेकी छन् ।


Author

थप समाचार
x