समाज

काठमाडौँ महानगरले भन्योः टोल वा समाजमा छुवाछुत तथा लैङ्गिक र हिंसाका घटना घटे उजुरी गर्नू

इकागज |
कात्तिक ४, २०७९ शुक्रबार ८:५५ बजे

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले आफू बसेको समाज तथा टोलमा छुवाछुत, सामाजिक कुरीति, अन्धविश्वास, लैङ्गिक विभेद र हिंसाका घटनाहरू सार्वजनिक भएमा सामाजिक न्यायिक वा प्रहरी कार्यालयमा उजुरी गर्न अनुरोध गरेको छ ।

नेपालको संविधानको धारा १८ मा समानताको हकको प्रत्याभुति गरिएकाले महानगरले जारी गरिएको सूचनामा लेखिएको छ,’  समाजमा अझै पनि छुवाछुत, सामाजिक कुरीति, अन्धविश्वास, लैङ्गिक विभेद र हिंसाका घटनाहरू  घट्दै आइरहेका छन् ।‘


महानगरले छुवाछुत, सामाजिक कुरीति, अन्धविश्वास, लैङ्गिक विभेद र हिंसाका घटना न्यूनीकरण गर्न नीति तथा कानून तर्जुमा गरी विभिन्न कार्यक्रमहरू कार्यान्वयन गर्दै आइरहेको छ ।  


Author

थप समाचार
x