समाज

वृद्धवृद्धाको बाध्यता

सामाजिक सुरक्षा भत्ता बुझ्‍न सडकमा लाइन

इकागज |
कात्तिक ५, २०७९ शनिबार ८:२४ बजे

सुर्खेत - जाजरकोट भेरी नगरपालिकाले बैंकमा जम्मा गरिदिएको सामाजिक सुरक्षा भत्ता बुझ्न यहाँका वृद्धवृद्धाहरू सडकमा बसेर पालो कुरिरहेका छन् । बैंकमा बस्ने ठाउँ नहुँदा वृद्धवृद्धाहरू सामाजिक सुरक्षा भत्ता सडकको भुइमा बसेर पालो कुर्न बाध्य भएका हुन् । तीन घण्टाभन्दा बढी हिडेर बैंकमा आएका जेष्ठ नागरिकहरूले पालो नपाउँदा भुइँमा बसेर सेवा लिन बाध्य भएको बताएका छन् ।

 बैंकको अगाडि साना हलुका सवारी साधन रोक्ने र टिकट काट्ने ठाउँसमेत रहेको  सिटिजन्स बैंकअगाडि सेवा लिन पुगेका जेष्ठ नागरिकहरू चिसो भुइँमा बसेर हैरान खेप्नु परेको छ । घरमा लिएर भत्ता बुझाइदिएको भए यति धेरै दुख गर्नुपर्ने अवस्था नहुने भेरी १ रिम्नाकी पबी रानाले बताइन् । 


बुढेसकालमा भत्ता बुझ्न नै बैंकमा आएर सडकमा बस्नु पर्ने बाध्यता रहेको उनले बताए । बैंकले बस्ने व्यवस्थापन नगर्दा आफूहरूले समस्य खेप्नु परेको अर्का जेष्ठ नागरिक रामबहादुर ओलीले बताए । 

सिटिजन्स बैंकले भेरी नगरपालिका १ र ३ का झण्डै ९०० जना जेष्ठ नागरिकलाई भत्ताको भुक्तानी दिदै आएको म्यानेजर  टरर्जन अधिकारीले बताए । 
उनका अनुसार सुरुमै सामाजिक सुरक्षा वितरण गर्ने जिल्लाकै पहिलो बैंक सिटिजन्स रहेको दाबी गरे । एकै पटक धेरै व्यक्ति आउने भएकाले समस्या भएको उनको भनाइ छ । 


Author

थप समाचार
x