फोटो फिचर
सिंहदरबारका कुरूप तस्बिर : बाहिर सिँगारपटार भित्र झुर पट्यास
काठमाडौँ - सिंहदरबार बाहरिबाट हेर्दा जति चिटिक्क देखिन्छ भित्र ठ्याक्कै उल्टो छ । बाहिरबाट चिटिक्क सिंगारिए पनि सिंहदरबार भित्रका दृश्यहरू फेरिन सकेका छैनन् । न काम गर्ने शैली फेरिएको छ, न त्यसको कुरूपता।
वि.सं.२०७२ वैशाख १२ गतेको भूकम्पपछि भत्किएका संरचनाहरूको अझै पुनर्निर्माण राम्रोसँग सकिएको छैन । नेपालको इतिहास झल्काउने राजा महाराजाको फोटो, सालिक, मूर्तिहरू फालिएको अवस्थामा छन् ।
केही ठाउँमा पानी चुहिएर अवस्था बेहाल छ । गृह मन्त्रालयले यसको संरक्षण दायित्व लिएको छ भने सिंहदरबारलाई सफा राख्ने काम प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको हो ।
सिंहदरबार पुनर्निर्माण आयोजनाले यहाँ भवन बनाउने काम गर्छ । तर आश्चर्य यी तीन निकायबीच समन्वय हुन नसक्दा पुनर्निर्माण गति लिन सकेको छैन ।
प्रधानमन्त्री, मन्त्रीहरूको कार्यालय रहेको ठाउँ आम सर्वसाधारणको नजरमा सुविधासम्पन्न र नमूना होला भन्ने लाग्छ नै । तर सोचजस्तो छैन सिंहदरबार ।
त्यहाँ भित्रका दृश्यहरू अव्यवस्थित छन् । सडकको नजिक खाल्डो, फोहोरको थुप्रो, पोखरीहरूमा पोहोर, कुकुरका हुल जताततै देख्न सकिन्छ ।
नयाँ, पुराना सवारीसाधन त्यत्तिकै बेवारिसे फालिएको छ, कार्यालय वरपर झाडीले ढाकेको छ तर सफा गर्न कोही अघि सर्दैनन् ।
नयाँ र पुराना बहुमूल्य सवारीसाधनहरू त्यत्तिकै मिल्काइएको छ । यो बहुमूल्य सम्पदा जोगाउने एजेण्डा कोहीसँग छैन । सडक सम्याउने, बढार्नेमा केन्द्रित सरोकारवालाहरू सिंहदरबारको मुटु जोगाउने एजेण्डामा बेखबर छन् ।
तस्बिर : न्युज एजेन्सी नेपाल
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया