समाज

काठमाडौँ उपत्यकामा राति ९ बजेसम्म देउसीभैलो खेल्न पाइने

इकागज |
कात्तिक ६, २०७९ आइतबार ८:२३ बजे

फाइल तस्बिर

काठमाडौँ- काठमाडौँ उपत्यकामा राति ९ बजेपछि देउसीभैलो खेल्न नपाइने भएको छ । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालय काठमाडौँ, ललितपुर र भक्तपुरले सार्वजनिक सूचनाजारी गरेर राति ९ बजेसम्म मात्र देउसीभैलो खेल्न पाउने जनाएका हुन् ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायका अनुसार तोकिएको समयसीमा भित्र मात्रै देउसीभैलोलगायत सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रम गर्न पाइने छ । तर, त्यसबाहेकको समयमा देउसीभैलो खेलेमा कारबाही गरिने उनले बताए ।


सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गरेर हिँड्न पनि निषेध गरिएको छ ।

गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासनलाई परिपत्र गरेर आआफ्नो जिल्लागत वस्तुस्थिति र सुरक्षा अवस्था हेरेर देउसीरभैलो कार्यक्रम गर्न समयसीमा राख्नेरनराख्नेबारे निर्णय गर्न भनेको थियो । सोही अनुसार जिल्ला प्रशासन कार्यालयले समयसीमा तोकेका हुन् ।


Author

थप समाचार
x