समाज

महिलालाई आक्रमण गर्ने हात्तीको दाह्रा काटेर जंगलमा छाडियाे

इकागज |
कात्तिक ११, २०७९ शुक्रबार २०:२३ बजे

काठमाडौँ- बाराको अमलेखगञ्जमा आतंक मच्चाएको जंगली हात्तीकाे दुवै दाह्रा काटेर काटिएकाे छ । हात्ती अनियन्त्रित हुँदै गएको र धनजनको थप क्षति हुनसक्ने भन्दै दाह्रा काटिएको पर्सा राष्ट्रिय निकुञ्जका कायम मुकायम प्रमुख संरक्षण अधिकृत अशोककुमार रामले जानकारी दिए ।

पर्सा राष्ट्रिय निकुञ्जले आज एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र सौराहा, चितवनको प्राविधिक सहयोगमा हात्तीको दुवै दाह्रा काटिएको जनाएकाे हाे । दाह्रा काटेपछि हात्तीलाई जंगलमा छाडिएकाे छ ।


पर्सा राष्ट्रिय निकुञ्जमा करिब २ अघि पूर्व तर्फबाट सर्लाही, रौतहट, बाराको टाँगिया बस्ती हुँदै तीन वटा भाले जंगली हात्ती राष्ट्रिय निकुञ्जमा प्रवेश गरेका थिए ।

तीनमध्ये एउटा जंगली हात्तीले आक्रमणमा गर्दा जितपुर सिमरा उपमहानगरपालिका २१ अमलेखगञ्ज बस्ने ५० वर्षीया शेख रुकैदाको मृत्यु भएको थियाे ।

बाख्रा चराइरहेकी खातुनलाई नेपाल आयल निगम अमलेखगञ्ज डिपो नजिकै रहेको पार्किङमा बिहीबार दिउँसो हात्तीले आक्रमण गरेको थियो ।

हात्तीको आक्रमणबाट घाइते रुकैदालाई सिमरास्थित अलपाइन अस्पतालमा उपचारका लागि ल्याइएको थियो । अल्पाइन अस्पतालमा उपचारकै क्रममा साँझ ५ बजेतिर उनको मृत्यु भएकाे थियाे ।


Author

थप समाचार
x