डुबेर दुईको मृत्यु
सांकेतिक तस्बिर
कैलाली- बाल्टिमा भरिएको पानीमा डुबेर शुक्रबार एक बालकको मृत्य भएको छ । गौरीगङ्गा नगरपालीका–२ मालीका टोलका नरिबहादुर ऐरको एक वर्षीया छोरा वीरेन्द्र ऐरको आफ्नै घरको पानीको धारामा खेल्ने क्रममा बाल्टिमा भरिएको पानीमा डुबी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।
पानीमा डुबी घाइते भई बालकको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
त्यस्तै पिकनिक खान गएका एक बालकको मछली नदीमा डुबेर मृत्यु भएको छ । धनगढीको सन्तोषी टोलका १६ वर्षीया आर्यन लामाको गोदावरी नगरपालिका–११ कोलमुडास्थित मछली नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रनाउ जोशीले बताए ।
लामालगायत ११/१२ जनाको टोली सोही ठाउँस्थित पिकनिक खान गएको र निज लामा उक्त नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भई डुबेर मृत्यु भएको बताइएको छ । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया