समाज

सन्दीपलाई आरोप लगाउने किशोरीको बयान : ढाडमा पिटे अनि जबरजस्ती करणी गरे

इकागज |
कात्तिक १४, २०७९ सोमबार १७:३८ बजे

काठमाडौं– नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको आरोप लगाएकी किशोरीले सन्दीपले आफूलाई पिटेर जबरजस्ती करणी गरेकाे बताएकी छिन् ।

आज प्रहरीले अदालतमा बुझाएको अभियोग पत्रमा समावेश बयानमा उनले सन्दीपले आफूलाई जबरजस्ती दुई पटक करणी गरेको आरोपसमेत लगाएकी छिन् । ‘अन्यत्रै जाने भनेर मलाई झुक्याए, अनि नगरकोट लगे,’ उनले दिएको बयानमा भनिएको छ, ‘नगरकोटबाट काठमाडौं ल्याई होटलमा लगेर बलात्कार गरे ।’


सन्दीपसँग उनले स्न्याप च्याटमा कुरा गर्ने र साथमा भिडियो शेयर गर्ने गरेको खुलाएकी छिन् । कुराकानीकै क्रममा सन्दीपले भेट्नका लागि जोडबल गरेको र आफूले भ्याउँदिन भन्दा पनि जबरजस्ती जोडबल गरेकोसमेत उनले आरोप लगाएकी छिन् । सन्दीपले त्यतिबेला केन्याको लागि फ्लाइट भएको र त्यसपछि केन्याबाट नेपाल नफर्किईकन क्यारेबियन प्रिमियर लिग खेल्नका लागि क्यारेबियन आईल्यान्ड तर्फ जाने र सो को दुई महिनासम्म पनि नेपाल फर्कन नपाउने भएकाले भेट्नका लागि कर गरेको उनले बयानमा भनेकी छिन् ।

पछि भेटौं भनेर आफूले भनेको उनले बयान दिएकी छिन् । 

सोही कुरा भएको भोलिपल्ट कलेजमा भइरहेको बेला सन्दीपले फोन गरेको तर आफू कक्षामा भएकाले उठाउनसमेत नपाएको उनले बताएकी छिन् । तर, पछि फोन फर्काउँदा भने अरु नै मान्छेले फोन उठाएको र ‘को बोलेको’ भनेर सोधेकोसमेत उनले जनाएकी छिन् । तर, पछि सन्दीपले नै फोन गरेर पछि फोन गर्ने बताएको उनले बयानमा उल्लेख छ ।

‘निज प्रतिवादीले साँझ मलाई फोन गरेर आफू कालीमाटीबाट निस्कँदै गरेको र मलाई संसद् भवन अगाडि आउँदै गर भनी बोलाएका थिए । त्यसपछि निज प्रतिवादीलाई मैले आफू संसद् भवनतर्फ नआउने, बरु तपाई नै ग्लोबल कलेज अफ म्यानेजमेन्ट तर्फ आउनु भनेकोमा निज प्रतिवादीले आफूलाई ग्लोबल कलेजको लोकेसन थाहा नभएकोले मैले पुरानो बानेश्वर चोक जाने बाटोतर्फ पर्छ भनी ठेगाना बताई दिएकोमा त्यसपछि मैले निज प्रतिवादीलाई ६ बजेर ५३ मिनेटमा फोन गर्दा निजले आफू अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट पुरानो बानेश्वर तर्फ मोडिएको बताएका थिए ।’ बयानमा उल्लेख छ ।

बयान अनुसार सन्दीपले ६ बजेर ५८ मिनेटमा फोन गरेर आफू लिटिल काठमाडौँ भन्ने रेष्टुरेन्ट अगाडि रहेको र पुनः ७ बजे फोन गरेर बर्गर हाउस जस्तो रेष्टुरेन्ट छ त्यही आउनु भनेका थिए। 

सन्दीपलाई आरोप लगाउने किशोरी त्यहाँ पुगिन । त्यहाँ निसान कार थियो । त्यहाँभित्र थिए सन्दीप । उनले  केही पनि नभनीकन गाडी चलाउन थालेको र आरोपी किशोरीले कहाँ जाने भनेर सोध्दा सन्दीपले लेट्स सी भनेर सिनामंगलतर्फ मोडिएर भित्री बाटो हुँदै तीनकुने हुँदै कोटेश्वरतर्फ लगेका थिए ।

‘मेरो मन्जुरीबिना भित्री बाटो हुँदै भक्तपुर दरबार स्क्वायर नजिकबाट नगरकोट जाने बाटोतर्फ लगी त्यसपछि निजले मलाई नगरकोटको बोजिनी नगरकोट रिसोर्टमा अँध्यारो भइसकेपछि करिब ८ बजेर २० मिनेटमा पु¥याएको र सोपश्चात् निज प्रतिवादीले मलाई डिंक खाने प्रस्ताव गरेको र मैले कहिल्यै ड्रिंक नखाएकीले इन्कार गरेँ ।’ उनले बयानमा भनेकी छिन् ।

उनको आरोप छ ‘सन्दीपले बोजिनी नगरकोट रिसोर्टका स्टाफसँग भिआईपी रुम बुक गर्ने सम्बन्धमा पटकपटक कुराकानी गरेका र मलाई के गर्ने फर्कने कि यहीँ बस्ने भनेर सोधेकोमा मैले अर्को दिन बिहान मेरो काम भएको र कलेज जानुपर्ने भएकाले बस्न नमिल्ने बताएकोमा अन्दाजी १० बजेर ४५ मिनेटमा निज प्रतिवादीले बिल तिर्न जाने क्रममा निजको गाडीको विद्युतीय साँचोबाट गाडीको लक खोलिदिएपछि म उक्त गाडीमा गएर बसेँ ।’

त्यसपछिनगरकोटबाट सल्लाघारीको बाटो हुँदै काठमाडौँ दुवै जना फर्किएका थिए । रातको समयमा होस्टलमा प्रवेश गर्ने अनुमति नहुने भएकोले पिंगलास्थान अवस्थित होटल काठमाडौं ईनमा कोठा बुक गर्ने कुरा सहमति भएको हो ।

‘मलाई बेडमा गएर आराम गर भनेपश्चात् म बेडमा गई आराम गर्दै गर्दा प्रतिवादीले मलाई लुगा फुकालेरै सुत भनेकोमा म लुगा नफुकालीकन पल्टेको थिए एक छिनमा म निदाएछु ।’ उनले भनेकी छिन् ।

राति १२ बजेको समयतिर सन्दीप उनीसँग सुत्न आएको र जबरजस्ती लगाएको पाइन्ट खोलिदिएको उनको आरोप छ । ‘मेरो पाइन्ट खोलेर आफ्नो पाइन्ट समेत खोली मैले नमान्दा नमान्दै मेरो इच्छा विपरीत जबरजस्ती करणी गरेर मेरो शरीरमा वीर्य झारिदिए ।’ उनले बयानमा भनेकी छिन् । 
पहिलोपटक करणी गरेको करिब १ घण्टापछि सन्दीप पुनः बेडमा आएर शरिर छाम्दै, कपाल तान्दै दोस्रोपटक जबरजस्ती करणी गरेको उनको आरोप छ । ‘मैले प्रतिरोध गर्दा मेरो ढाडमा निकै जोडले हाने त्यसपछि मलाई डर लागी रुँदै गर्दा मलाई चल्न नदिई पुनः दोस्रो पटक जबरजस्ती करणी गरे ।’ उनले बयानमा भनेकी छिन् ।
 


Author

थप समाचार
x