समाज

पश्चिमी वायुको प्रभावले कहाँ-कहाँ हुनसक्छ वर्षा ?

इकागज |
कात्तिक १५, २०७९ मंगलबार ६:३६ बजे

फाइल तस्बिर

काठमाडौँ- मुलुकमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भभागका एक-दुई स्थानमा हल्का वर्षा हुनसक्ने आकलन गरिएको छ ।


राति प्रदेश १, गण्डकी र सुदूरपश्चिमका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बुधबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राति प्रदेश १, बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली बदलीको सम्भावना रहेको छ ।


Author

थप समाचार
x