समाज

जब मन्त्रालयको लिफ्टमा २ विदेशीसहित ६ जना एक घण्टा थुनिए...

इकागज |
कात्तिक १५, २०७९ मंगलबार १३:५५ बजे

काठमाडौँ- शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा पुगेका दुई विदेशी नागरिकसहित ६ जना लिफ्टमा अड्किएको एक घण्टापछि सकुशल उद्धार गरिएको छ ।सोमबार मन्त्रालयको लिफ्टमा स्वीडेनका २ र ४ जना नेपाली नागरिक करिब एक घण्टासम्म थुनिएका थिए । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार लिफ्ट प्रयोग गर्ने क्रममा प्राविधिक कारण बीचमै अड्किएका थिए ।


लिफ्ट रोकिएपछि नेपाल प्रहरी र नेपाली सेनाको सहयोगमा उनीहरूलाई उद्धार गरिएको थियो । सिंहदरबार भित्र रहेको मन्त्रालयमा उनीहरू थुनिएका हुन् ।

प्राधिकरणका प्रवक्ता डा.डिजन भट्टराईका अनुसार यस्ता घटनाहरू अचानक हुन्छन् । प्राविधिक समस्याका कारण यस्तो हुने गर्छ । समय-समयमा मेसिनको परीक्षण गरेमा यस्ता समस्याहरू आउदैनन् ।

भट्टराईले सिंहदरबारभित्र अथवा यस्ता घट्ना भएमा तुरुन्त उद्धरा गर्न सकिने गरी उद्धराको व्यवस्था गरिएको बताए । उनी भन्छन्,’ मेरो जानकारीमा पहिलोपटक यस्तो घट्ना भएको हो । आगामी दिन यस्ता घट्न नदिनका लागि यसले थप बल पुर्‍याउने गर्छ ।‘

 

<

 

 

 


Author

थप समाचार
x