समाज

मेयर हर्क साम्पाङले भनेः घरधनी र पसल अगाडि गुट्का र जुसको खोल देखेमा कारबाही गर्छु, मन दुखाउन नपाई है !

इकागज |
कात्तिक १५, २०७९ मंगलबार १८:४७ बजे

काठमाडौँ- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले आफ्नो घर वा पसल अगाडि फोहोर गर्नेलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले अनुगमनमा जाँदा घर अगाडि कुनै किसिमको फोहोर देखिएमा सम्बन्धित घरधनी वा पसलेलाई जरिवाना गरिने उल्लेख गरेका छन् ।


‘आइन्दा अनुगमनमा आउँदा घर अगाडि कुनै किसिमको फोहोर (पानीको बोतल, बोरा या प्लाष्टिकका टुक्रा, गुट्काको खोल, जुसको खोल, चाउचाउका खोल जस्ता फोहोर) देखिए सम्बन्धित घर धनी या पसलेलाई जरिवाना लगाइनेछ !  मन दुखाउन नपाई है !,’ उनले लेखेका छन् ।

 

 

 


Author

थप समाचार
x