समाज

सन्दीप पक्षधर वकीलले भने : अभियोग पुष्टि हुने प्रत्यक्ष प्रमाण अभियोजन पक्षले पेस गर्न सकेन

इकागज |
कात्तिक १६, २०७९ बुधबार १७:२८ बजे

काठमाडौँ- ​क्रिकेटर सन्दीप लामिछानेविरुद्धको अभियोगमा आजबाट थुनछेक बहस सुरु भएको छ ।

थुनछेक बहसको पहिलो दिन आज काठमाडौँ जिल्ला अदालतमा प्रतिवादीको तर्फबाट दुई कुरामा जोड दिएको सन्दीप पक्षका वकील मुरारी सापकोटाले बताए । उनले जबरजस्ती करणीको अभियोग दर्ता गराएकी किशोरीको अभियोग पुष्टि हुने प्रत्यक्ष प्रमाण अभियोजन पक्षले पेस गर्न नसकेको जिकिर गरे ।


उनले पीडित भनिएकी व्यक्तिको वास्तविक उमेर नागरिकता वा जन्मदर्ता केलाई आधार मान्ने भन्ने बारेमा पनि वकालत गरेको जनाए । सापकोटाले आफूहरूले पीडित भनिएकी किशोरीको उमेर जन्मदर्तालाई आधार मानेर वकालत गर्नुपर्नेमा जोड दिएको पनि बताए । नागरिकता जागिर खानलाई सहज बनाउनका लागि घटाएर बनाइने प्रचलन रहेकाले जन्मदर्तालाई नै आधार मान्नुपर्ने कुरामा जोड दिएको उनकाे भनाइ छ ।​

बुधबारबाट सुरु भएको थुनछेक बहस नसकिएकाले हेर्दाहेर्दैमा राखिएको छ ।


Author

थप समाचार
x