सन्दीप लामिछानेलाई थुनामा राख्न आदेश
काठमाडौँ- नाबालिग बलात्कार आराेप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई कारागार पठाउन आदेश दिइएकाे छ । शुक्रबार काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हाे ।
थुनछेक बहसपछि शुक्रबार न्यायाधीश माधवप्रसाद घिमिरेले आरोपित लामिछानेलाई मुद्दाको किनारा नलागेसम्म पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिए ।
बुधबारदेखि नै थुनछेक बहस सुरु भएपनि क्रिकेटर लामिछाने पक्षबाट कानुन व्यवसायी धेरै भएकाले बहस लम्बिएको थियाे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया