समाज

भोलि राति १२ बजेबाट काठमाडौँमा मदिरा विक्री र सेवन गर्न नपाइने

इकागज |
कात्तिक ३०, २०७९ बुधबार १९:२१ बजे

काठमाडौँ- निर्वाचन सम्पन्न नभएसम्म भोलि राति १२ बजेदेखि (बिहीबार) काठमाडौँमा मदिरा बिक्रीमा रोक लगाइएको छ । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन सम्पन्न प्रक्रिया मतगणना सम्पन्न नभएसम्म मदिरा बिक्री तथा सेवनमा काठमाडौँ जिल्ला प्रशासन कार्यालयले रोक लगाएको हो ।

कार्यालयका अनुसार मंसिर १ गते १२ बजेबाट मतगणना सम्पन्न नभएसम्म र मतदान स्थल वरपर मदिरा बिक्री वितरणमा रोक लगाइने छ । जिल्ला प्रशासन कार्यालयको सूचना उल्लंघन गरेमा कानून बमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ ।


 


Author

थप समाचार
x