समाज

देशभर ९०३ बम डिस्पोजल टोली परिचालन

इकागज |
मंसिर २, २०७९ शुक्रबार १९:४१ बजे

काठमाडौं- निर्वाचन सुरक्षाअन्तर्गत नेपाली सेनाले ९ सय ३० बम डिस्पोजल टोली खटाएको जनाएको छ ।

शुक्रबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृहसचिव विनोद प्रकाश सिंहले ९ सय ३० बम डिस्पोजल टोली खटिसकेको र आवश्यकताअनुसार १ हजार ५० हजार वटासम्म टोली खटाउन सकिने जानकारी दिए। 


निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न विशेष सुरक्षा योजना तर्जुमा गरी सुरक्षाकर्मी परिचालन गरिएको गृह सचिव सिंहले बताए । पछिल्लो समय केही समूहले चुनाव विरोधी गतिविधि गरिरहेकोमा त्यस्ता गतिविधि सह्य नहुने र कडा रूपमा प्रहरी प्रशासन प्रस्तुत हुने गृह मन्त्रालयले जनाएको छ ।

निर्वाचनमा दुई लाख ९८ हजार पाँच सय ७९ सुरक्षाकर्मी परिचालन गरिएको मन्त्रालयको भनाइ छ । मौन अवधिमा राजनीतिक दल तथा उम्मेदवारहरूले पालना गर्नुपर्ने नियम र आचारसंहिता उल्लंघन लगायतका विषयको अनुगमनका लागि हरेक निर्वाचन क्षेत्रमा घुम्ती टोली खटाइएको मन्त्रालयले जनाएको छ ।


Author

थप समाचार
x