पैसा बाँडेको आरोपमा काठमाडौँ-५ बाट एमालेका प्रदेश उम्मेदवारसहित तीन जना पक्राउ [भिडियाेसहित]
काठमाडौँ - पैसा बाँडेको आरोपमा प्रहरीले नेकपा एमालेका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा मतदातालाई प्रभावित पार्न पैसा बाँडेको आरोपमा नेकपा एमालेका प्रदेशसभाका उम्मेदवारसिहत तीन जनालाई शुक्रबार राति प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा काठमाडौं ५ ख का प्रदेशसभा उम्मेदवार दीपक निरौला, बूढानीलकण्ठ नगर अध्यक्ष प्रदीप डंगोल, वडा नम्बर ६ का वडाध्यक्ष रवि खड्का रहेको प्रहरीले जनाएको छ ।
बूढानीलकण्ठ नगरपालिका-६ को एक घरमा प्रवेश गरेका निरौलालाई पैसा बाँड्न लागेको भन्दै स्थानीयले घेरा हालेर प्रहरी बोलाई शुक्रबार राति जिम्मा लगाएका हुन् ।
अहिले सामाजिक उक्त भिडियो भाइरल बनेको छ । भिडियाेमा केही व्यक्तिहरूलाई प्रहरीले समातेकाे देखिन्छ । काठमाडौं क्षेत्र नं ५ मा मान्छेहरू पैसा बाँड्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको स्थानीयले बताएका छन् ।
स्राेत : शुशील भट्टकाे फेसबुक वालबाट
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया